Skip to main content

हृदयरोगबाट बच्न यी ६ आदत बसाल्नुहोस्

विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ०का अनुसार, अमेरिकामा प्रत्येक चारमध्ये एक मृत्युको कारण हार्टअट्याक हुने गरेको छ । यसको विश्व आँकडाले मुटुसँग जोडिएका रोगलाई नियन्त्रण गर्न सकिने पनि प्रमाणित गरेको छ । 

नेपालमा पनि पछिल्लो समय हार्टअट्याकका विरामीको संख्या बढ्दै गएको देखिन्छ । सूर्ती सेवन तथा अस्वस्थ खानपान नगर्ने र रक्सी सेवनलाई कम गर्दै जीवनशैलीमा ध्यान दिन सकेमा हृदयरोग नलाग्ने विज्ञ चिकित्सक ९कार्डियोलोजिस्ट०हरु बताउँछन् ।

हामीमध्ये अधिकांशलाई हृदयरोग कति घातक हुन्छ भन्ने थाहा छ । तर पनि यसको मूल कारणलाई हामी नजरअन्दाज गरिरहेका हुन्छौं । जब हामी यसको उपचार गर्नतिर लाग्छौं, तब निकै ढिला भइसकेको हुन्छ । मानिस अमर प्राणी त होइन, तर पनि हृदयरोग लाग्न नदिन गाह्रो भने छैन । 

कार्डियोलोजिस्टहरुका अनुसार, हृदयरोगबाट बच्न स्वस्थ आहार, नियमित व्यायाम, स्तरीय निद्रा र समय समयमा विशेषज्ञ चिकित्सकलाई स्वास्थ्य जाँच गराउन सक्दा रोग नियन्त्रण गर्न सकिन्छ । विज्ञ चिकित्सकहरु हृदयरोगबाट बच्न यी ६ उपाय सुझाउँछन् (

दैनिक ४० मिनेट व्यायाम

हरेक मानिसले दैनिक ४० मिनेट व्यायाम गर्नु स्वास्थ्यका लागि उत्तम हुन्छ । चिकित्सकहरुका अनुसार, व्यायामले सातामा पाँच पटक तपाईंको कार्डियोभास्कुलर जोखिमलाई ३० प्रतिशत कम गर्न मद्दत गर्छ । तौल कम गर्न, ब्लडसुगर, ब्लडप्रेसर तथा कोलेस्टोरलको स्तर सुधार गर्न पनि व्यायाम अनिवार्य छ । व्यायामले त मानिसको यौनजीवनसमेत सुधार्ने चिकित्सकहरु बताउँछन् ।

आफूलाई खुसी राख्नुस्

हृदयरोग कम गर्ने प्रमुख उपायमध्ये एक आफूलाई खुसी राख्नु हो । तनावमा बस्नु हृदय रोग मात्र होइन अन्य रोग पनि बढाउनु हो । हामीले सकेसम्म हाँस्ने प्रयत्न गर्नुपर्छ । हाँस्दा शरीरबाट एन्डोर्फोन हार्मोन बाहिरिन्छ, जसले ब्लडप्रेसर कम गर्न र ब्लड सर्कुलेसनमा सुधार ल्याउन मद्दत गर्छ । संसारका कतिपय ठाउँमा अहिले ‘लाफिङ क्लास’ सन्चालन गर्ने संस्था स्थापित छन् । त्यस्ता ठाउँमा गएर साथीहरुसँग हाँस्ने र आफूभित्रका तनावहरु कम गर्ने कार्य गर्न सकिन्छ । पछिल्लो समय ‘स्टे«स म्यानेजमेन्ट’का कक्षासमेत सन्चालन हुन थालेका छन् । 

स्तरीय निद्रा सुत्नुस्

शरीरलाई आवश्यक आरामले कतिपय रोग कम गर्ने चिकित्सकहरु बताउँछन् । राम्रो र स्तरीय निद्राले शरीरलाई आराम दिन्छ । यस्तो निद्राले मानसिक र हृदयरोग नियन्त्रणमा मद्दत गर्छ । चिकित्सकहरुका अनुसार, हामीले दैनिक सातदेखि आठ घण्टा सुत्नु आवश्यक छ । 

धुम्रपान र रक्सीबाट बच्नुस्

डब्ल्यूएचओका अनुसार, हृदयरोगको अधिकांश मामिला धुम्रपान र रक्सीका कारण वृद्धि भइरहेको छ । डब्ल्यूएचओको आँकडाले धुम्रपान र रक्सी नपिउनेको तुलनामा पिउनेमा अचानक हार्टअट्याकबाट हुने मृत्युको जोखिम आधा बढ्ने देखाएको छ । 

त्यतिमात्र होइन, यो खराब आदतले हाई ब्लडप्रेसर, स्ट्रोक र हार्ट फेलियरजस्ता रोगको जोखिम बढाइदिन्छ । रक्सीमा मोडरेसन कार्डियो प्रोटेक्टिभ तत्व हुन्छ, तर यसको अधिक प्रयोग मुटुका लागि हानिकारक हुन्छ । 

मोडरेसनमा खानुस्

हामीले हरेक पटक खानेकुरा खाँदा तेलको मात्रा कम गर्न सक्नुपर्छ । वयस्क उमेरका मानिसले हरेक महिना आधा लिटर आलस, जैतुनलगायत ‘सेचुरेटेड’ तेलको प्रयोग गर्नु उत्तम हुन्छ । साग, बदाम, प्रोटिनको सेवन गर्न पनि राम्रो हुन्छ । 

नियमित स्वास्थ्य परीक्षण

फुल ब्लड काउन्ट, कोलेस्टोरल लेभल, किड्नी, लिभर तथा थाइरोइडका साथै ब्लडसुगर लेभल र इसीजी परीक्षण नियमित गर्नुपर्ने चिकित्सकहरु बताउँछन् । स्वास्थ्यमा देखिने लक्षण तथा अवस्थाका अनुसार हृदयरोग विशेषज्ञसँग नियमित जाँच गराउनु पनि उत्तिकै आवश्यक छ । 

Comments

Popular posts from this blog

युक्रेनको राजधानीमा लक्षित हमला गर्न लागेको रुसको चेतावनी

रुसले युक्रेनको राजधानी लक्षित हमला गर्न लागेको चेतावनी दिएको छ । रुसको रक्षामन्त्रालयले किभका बासिन्दाहरूलाई एक चेतावनी जारी गर्दै आफूहरूले युक्रेनी राजधानीमा ुलक्षित हमलाु गर्न लागेको जनाएको हो ।   मंगलबार एक वक्तव्य जारी गर्दै रुसी अधिकारीहरूले उनीहरूको फौजले ‘किभस्थित युक्रेनी सुरक्षा सेवा तथा मुख्य साइअप्सका प्राविधिक केन्द्र’ हरूमा‘लक्षित हमला’ गर्ने तयारी गरिरहेको बताएको बीबीसीले उल्लेख गरेको छ ।  रुसले रुसलाई भड्काउन प्रयोग भइरहेका युक्रेनी नागरिक तथा रेल स्टेशन नजिक बसोबास गर्ने किभका बासिन्दाहरूलाई आफ्ना घर छाडेर जान आह्वान गरेको वक्तव्यमा जनाइएको छ ।  यसबीच युक्रेनी रक्षामन्त्रीले रुसको सम्भावित ‘मनोवैज्ञानिक हमला’बारे सजग गराएका छन् ।

युक्रेनको सबैभन्दा ठूलो टेलिभिजन टावरमा रकेट हमला, पाँच जनाको ज्यान गयो

किभ – दक्षिणी सहर खेरसन रुसी सेनाको हातमा परेका विवरण सार्वजनिक भएका छन् । रुसी सशस्त्र गाडी र सेनाले सडकमा गस्ती गरिरहेको स्थानीय सीसीटीभी भिडियोमा देख्न सकिन्छ ।  किभको उत्तरपश्चिबाट १५ माइल टाढादेखि रुसी बख्तरबन्दको लामले राजधानी किभ घुमिरहेको छ । आज नै देशको सबैभन्दा ठूलो टेलिभिजन टावरमा भएको रकेट हमलामा पाँच जनाको मृत्यु भएको छ । खारकिभमा रुसी सेनाले तोप हमलालाई तीव्र पारेका छन् ।  राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको दोस्रो ठूलो सहरको मुख्य चोकमा मंगलबार भएको रकेट हमलालाई ‘खुलस्त आतंक’ भनेका छन् । ‘कसैले पनि क्षमा दिँदैन् । खरकिभमा गरिएको हमला युद्ध अपराध हो,’ उनले भने । खरकिभमा भएका हमलामा कम्तिमा ११ जनाको मृत्यु र दर्जनौ घाइते भएको अधिकारीहरुले जनाएका छन् । 

बन्यजन्तुको भारत बसाइँसराइ रोक्न विशेष कार्यक्रम

विश्वमै दुर्लभ पाटे बाघ, एकसिङे गैँडालगायतका वन्यजन्तुको प्रमुख बासस्थान मानिएको चितवनमा वन्यजन्तुको बासस्थान विशेष सुधार कार्यक्रम लागू हुनेभएको छ ।  पछिल्ला वर्षमा बासस्थानमा देखिएको समस्याले पाटे बाघ, एकसिङे गैँडा, गौरी गाईलगायतका वन्यजन्तु भारततर्फ बसाइँ सर्न थालेपछि सरकारले चितवन राष्ट्रिय निकुञ्जभित्र बासस्थान विशेष सुधार कार्यक्रम लागू गर्न लागेको हो ।  सीमित बासस्थान, आहाराजन्य जनावरको कमीलगायतका कारणले निकुञ्जका बाघ बसाइँ सर्दै भारतसंँगको सीमा क्षेत्रमा रहेको वाल्मीकि बाघ संरक्षण केन्द्र पुगेको विज्ञहरूले औँल्याएको समाचार यसअघि गोरखापत्र दैनिकले फागुन १५ गते प्रकाशित गरेको थियो । उक्त समाचारका आधारमा सरकारले नयाँ कार्यक्रम ल्याउन लागेको हो ।  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलका अनुसार बासस्थानको गुणस्तरमा देखिएको समस्याले भारतको राम्रो बासस्थानतर्फ वन्यजन्तु बसाइँ सर्न थालेपछि सरकार यो कुरामा गम्भीर भएको हो ।   महानिर्देशक डा. कँडेलले भने, “राम्रो बासस्थान भएकोतर्फ वन्यजन्तु ज...