Skip to main content

पत्रकार सम्मेलनमा केपी ओलीप्रति बढी नै आक्रामक देखिए माधव नेपाल


अमेरिकी सहयोग परियोजना एमसीसीबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मंगलबार पत्रकार सम्मेलन गरे । व्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट अनुमोदन भएपछि माधव नेपाललगायतको भूमिकामा चौतर्फी प्रश्न उठ्यो ।

अघिल्लो दिनसम्म एमसीसी कुनै पनि हालतमा पास गर्न नदिने, बरु गठबन्धन छाड्ने बताएका नेपाल पछि किन एमसीसी अनुमोदन गर्न सहमत भए भन्ने विषयमा प्रश्न उठेपछि त्यसलाई प्रस्ट पार्न उनले मंगलबार पत्रकार सम्मेलन आयोजना गरे । 

पत्रकार सम्मेलनमा नेपाल एमसीसी अनुमोदनको विषयभन्दा पनि बढी एमाले अध्यक्ष केपी ओलीविरुद्ध बढी नै आक्रामक देखिए । उनले ओलीलाई दम्भी, अहंकारी मात्र भनेनन्, मानसिक सन्तुलन ठीक नभएको आरोपसमेत लगाए । नेपालले ओलीले गठबन्धन टुटाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई सल्लाह दिएपछि आफूहरू व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने अवस्थासम्म आइपुगेको टिप्पणी गरे ।

‘मुलुकभित्रका दलहरुबीच विवाद बिजारोपण गर्ने र जनतालाई समेत उत्तेजित पार्दै विभाजित गर्ने काम केपी नेतृत्वको सरकारबाट भयो । अत: राज्य सञ्चालनको जिम्मा पाएका केपी ओली जस्ता व्यक्तिहरुमा भएको व्यक्तिवादी, दम्भी, अहंकारी, आत्मसमर्पणवादी एवं षडयन्त्रकारी प्रवृत्तिले उत्पन्न गराएको जटिलता र संशयपूर्ण क्रियाकलापलाई अहिलेको गठबन्धनले उपयुक्त निकास दिनुपर्ने बाध्यात्मक अवस्था बन्यो,’ नेता नेपालले जारी गरेको विज्ञप्तिको तेस्रो बुँदामा उल्लेख छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले एमसीसीलाई आईपीएसमा सहभागी गराउने कार्यमा केपी ओलीको मुख्य भूमिका रहेको नेपालले आरोप पनि लगाए । उनले अमेरिकी विदेश विभागले सन् २०१९ मा जारी गरेको अ फ्री एन्ड ओपन इन्डो(प्यासिफिक प्रतिवेदनमा एमसीसीलाई आफ्नो हिस्साका रूपमा उल्लेख गर्दै नेपाललाई त्यसको सदस्य राष्ट्रको सूचीमा राखेको उल्लेख गरेका छन् । ‘तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकाको औपचारिक भ्रमणमा तात्कालीन प्रधानमन्त्रीको अनुमतिमा एमसीसीमार्फत आईपीएसमा आबद्ध भएको भनेर विभिन्न सञ्चार माध्यमहरुमा आए पनि त्यसबारेमा नेपालका औपचारिक संस्थाहरुबाट कहींकतै विरोध वा निर्णय भएको देखिँदैन । विकास परियोजना भनेर ल्याइएको विषयलाई तत्कालीन अर्थमन्त्री युवराज खतिवडाद्वारा सदनमा पुर्याउने काम भयो,’ नेपालले उल्लेख गरेका छन् ।

अध्यक्ष नेपालले ओलीलाई सभामुख अग्निप्रसाद सापकोटालाई हटाउने नचिताउन पनि चेतावनी दिए । ‘केपी ओलीले सभामुख हटाउने नचिताए हुन्छ,’ उनले भने, ‘सभामुखमाथि केपी ओलीले धारे हात लगाउने । सदनको गरिमा राख्ने सभामुखलाई अपमानपूर्ण व्यवहार गर्ने । यो अभ्य अनसिभिलाइज्ड शैली हो ।’

Comments

Popular posts from this blog

युक्रेनको सबैभन्दा ठूलो टेलिभिजन टावरमा रकेट हमला, पाँच जनाको ज्यान गयो

किभ – दक्षिणी सहर खेरसन रुसी सेनाको हातमा परेका विवरण सार्वजनिक भएका छन् । रुसी सशस्त्र गाडी र सेनाले सडकमा गस्ती गरिरहेको स्थानीय सीसीटीभी भिडियोमा देख्न सकिन्छ ।  किभको उत्तरपश्चिबाट १५ माइल टाढादेखि रुसी बख्तरबन्दको लामले राजधानी किभ घुमिरहेको छ । आज नै देशको सबैभन्दा ठूलो टेलिभिजन टावरमा भएको रकेट हमलामा पाँच जनाको मृत्यु भएको छ । खारकिभमा रुसी सेनाले तोप हमलालाई तीव्र पारेका छन् ।  राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको दोस्रो ठूलो सहरको मुख्य चोकमा मंगलबार भएको रकेट हमलालाई ‘खुलस्त आतंक’ भनेका छन् । ‘कसैले पनि क्षमा दिँदैन् । खरकिभमा गरिएको हमला युद्ध अपराध हो,’ उनले भने । खरकिभमा भएका हमलामा कम्तिमा ११ जनाको मृत्यु र दर्जनौ घाइते भएको अधिकारीहरुले जनाएका छन् । 

युक्रेनको राजधानीमा लक्षित हमला गर्न लागेको रुसको चेतावनी

रुसले युक्रेनको राजधानी लक्षित हमला गर्न लागेको चेतावनी दिएको छ । रुसको रक्षामन्त्रालयले किभका बासिन्दाहरूलाई एक चेतावनी जारी गर्दै आफूहरूले युक्रेनी राजधानीमा ुलक्षित हमलाु गर्न लागेको जनाएको हो ।   मंगलबार एक वक्तव्य जारी गर्दै रुसी अधिकारीहरूले उनीहरूको फौजले ‘किभस्थित युक्रेनी सुरक्षा सेवा तथा मुख्य साइअप्सका प्राविधिक केन्द्र’ हरूमा‘लक्षित हमला’ गर्ने तयारी गरिरहेको बताएको बीबीसीले उल्लेख गरेको छ ।  रुसले रुसलाई भड्काउन प्रयोग भइरहेका युक्रेनी नागरिक तथा रेल स्टेशन नजिक बसोबास गर्ने किभका बासिन्दाहरूलाई आफ्ना घर छाडेर जान आह्वान गरेको वक्तव्यमा जनाइएको छ ।  यसबीच युक्रेनी रक्षामन्त्रीले रुसको सम्भावित ‘मनोवैज्ञानिक हमला’बारे सजग गराएका छन् ।

धितोपत्र बजार नेप्सेमा दोहोरो अङ्कको ओरालो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ११।९६ अङ्कले घटेर दुई हजार ८०१।५६ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १।७० अङ्कले ओरालो लागेर ५२७।२८ मा ओर्लेको छ । नेप्सेको ओरोलो यात्रासँगै कारोबार रकमसमेत ओरालो लागेको छ । कूल २२७ कम्पनीको ६९ लाख ५० हजार ८३८ कित्ता शेयर रु तीन अर्ब ८२ करोड ९५ लाख ३३ हजार ३५० मूल्यमा खरिद बिक्री भए । बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु ३९ खर्ब ५९ अर्ब ६४ करोड ८५ लाख ३० हजारको आसपास ओर्लेको छ । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर उकालो लाग्यो भने १० उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । व्यापार ४६।४६, अन्य १२।५१ र सामूहिक लगानी कोष ०।०३ अङ्कले उकालो लागेको छ । यस्तै बैंकिङ १०।७९, होटल तथा पर्यटन १९।७२, विकास बैंक २८।९१, जलविद्युत् २७।७६, वित्त १२।७५, निर्जीवन बिमा ८१।०७, उत्पादन १।२९, लघुवित्त ३७।२५, जीवन बिमा १३।३७ र लगानी ०।५६ अङ्कले घटेको छ । कारोबारका आधारमा आज नेपाल दूरसञ्चार कम्...