Skip to main content

प्रचण्डसँग असन्तुष्ट नारायणकाजी र विप्लवबीच भेटवार्ता


एमसीसीका कारण पार्टीभित्र गहिरो मतभेद राख्दै आएका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपामा महासचिव नेत्रविक्रम चन्द्र विप्लवबीच भेटवार्ता भएको छ । 
श्रेष्ठलाई भेट्न विप्लव बुधबार बिहान श्रेष्ठ निवास हात्तिवन पुगेका थिए । भेटमा प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन गर्न माओवादी केन्द्रको नेतृत्वले जबरजस्ती गरेको भन्दै राष्ट्रवादको पक्षमा रहेकाहरु एक जुट हुनुपर्ने विषयमा कुराकानी भएको नेताहरूले बताएका छन् । यसअघि मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि श्रेष्ठलाई भेट्न उनको निवास पुगेका थिए । 

भेटमा प्रचण्डले एमसीसीमा देखिएको मतभेद कायमै राखेर अरु विषयमा मिलेर जान प्रस्ताव गरेका थिए । तर श्रेष्ठले भने आफूहरुले पार्टी विभाजनको बारेमा सोचिनसकेको भए पनि अध्यक्षले नै निस्केर जाने भए जाऔ भनेर सार्वजनिक रुपमै भनेको भन्दै गुनासो गरेका थिए । एमसीसी संसदबाट अनुमोदन भएपछि श्रेष्ठसहित माओवादी केन्द्रका असन्तुष्ट नेताहरूले छलफल तीव्र पारेका छन् ।

Comments

Popular posts from this blog

युक्रेनको राजधानीमा लक्षित हमला गर्न लागेको रुसको चेतावनी

रुसले युक्रेनको राजधानी लक्षित हमला गर्न लागेको चेतावनी दिएको छ । रुसको रक्षामन्त्रालयले किभका बासिन्दाहरूलाई एक चेतावनी जारी गर्दै आफूहरूले युक्रेनी राजधानीमा ुलक्षित हमलाु गर्न लागेको जनाएको हो ।   मंगलबार एक वक्तव्य जारी गर्दै रुसी अधिकारीहरूले उनीहरूको फौजले ‘किभस्थित युक्रेनी सुरक्षा सेवा तथा मुख्य साइअप्सका प्राविधिक केन्द्र’ हरूमा‘लक्षित हमला’ गर्ने तयारी गरिरहेको बताएको बीबीसीले उल्लेख गरेको छ ।  रुसले रुसलाई भड्काउन प्रयोग भइरहेका युक्रेनी नागरिक तथा रेल स्टेशन नजिक बसोबास गर्ने किभका बासिन्दाहरूलाई आफ्ना घर छाडेर जान आह्वान गरेको वक्तव्यमा जनाइएको छ ।  यसबीच युक्रेनी रक्षामन्त्रीले रुसको सम्भावित ‘मनोवैज्ञानिक हमला’बारे सजग गराएका छन् ।

युक्रेनको सबैभन्दा ठूलो टेलिभिजन टावरमा रकेट हमला, पाँच जनाको ज्यान गयो

किभ – दक्षिणी सहर खेरसन रुसी सेनाको हातमा परेका विवरण सार्वजनिक भएका छन् । रुसी सशस्त्र गाडी र सेनाले सडकमा गस्ती गरिरहेको स्थानीय सीसीटीभी भिडियोमा देख्न सकिन्छ ।  किभको उत्तरपश्चिबाट १५ माइल टाढादेखि रुसी बख्तरबन्दको लामले राजधानी किभ घुमिरहेको छ । आज नै देशको सबैभन्दा ठूलो टेलिभिजन टावरमा भएको रकेट हमलामा पाँच जनाको मृत्यु भएको छ । खारकिभमा रुसी सेनाले तोप हमलालाई तीव्र पारेका छन् ।  राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको दोस्रो ठूलो सहरको मुख्य चोकमा मंगलबार भएको रकेट हमलालाई ‘खुलस्त आतंक’ भनेका छन् । ‘कसैले पनि क्षमा दिँदैन् । खरकिभमा गरिएको हमला युद्ध अपराध हो,’ उनले भने । खरकिभमा भएका हमलामा कम्तिमा ११ जनाको मृत्यु र दर्जनौ घाइते भएको अधिकारीहरुले जनाएका छन् । 

बन्यजन्तुको भारत बसाइँसराइ रोक्न विशेष कार्यक्रम

विश्वमै दुर्लभ पाटे बाघ, एकसिङे गैँडालगायतका वन्यजन्तुको प्रमुख बासस्थान मानिएको चितवनमा वन्यजन्तुको बासस्थान विशेष सुधार कार्यक्रम लागू हुनेभएको छ ।  पछिल्ला वर्षमा बासस्थानमा देखिएको समस्याले पाटे बाघ, एकसिङे गैँडा, गौरी गाईलगायतका वन्यजन्तु भारततर्फ बसाइँ सर्न थालेपछि सरकारले चितवन राष्ट्रिय निकुञ्जभित्र बासस्थान विशेष सुधार कार्यक्रम लागू गर्न लागेको हो ।  सीमित बासस्थान, आहाराजन्य जनावरको कमीलगायतका कारणले निकुञ्जका बाघ बसाइँ सर्दै भारतसंँगको सीमा क्षेत्रमा रहेको वाल्मीकि बाघ संरक्षण केन्द्र पुगेको विज्ञहरूले औँल्याएको समाचार यसअघि गोरखापत्र दैनिकले फागुन १५ गते प्रकाशित गरेको थियो । उक्त समाचारका आधारमा सरकारले नयाँ कार्यक्रम ल्याउन लागेको हो ।  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलका अनुसार बासस्थानको गुणस्तरमा देखिएको समस्याले भारतको राम्रो बासस्थानतर्फ वन्यजन्तु बसाइँ सर्न थालेपछि सरकार यो कुरामा गम्भीर भएको हो ।   महानिर्देशक डा. कँडेलले भने, “राम्रो बासस्थान भएकोतर्फ वन्यजन्तु ज...